सप्तकोशी नदीमा ट्रक खस्यो, पौडिएर बाँचे तीन जना


२९ असार २०८०, शुक्रबार
saptakoshi
फाइल फोटो

सप्तरी । सप्तकोशी नदीमा ट्रक खसेको छ । आज (शुक्रबार) बिहान कोशी ब्यारेजको पुलमा यात्रुवाहक बस र ट्रक जुधेर ट्रक सप्तकोशीमा खसेको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) राजकुमार राईका अनुसार शुक्रबार बिहान ७ः४५ बजे मे १ ख १७६५ नम्बरको बससँग ठक्कर खाएको मे १ ख ३००७ नम्बरको ट्रक पुलको बार भत्काएर सप्तकोशीमा खसेको हो ।

ट्रकमा सवार तीन जनालाई तत्काल उद्धार गरिएको डिएसपी राईले बताए । उद्धार गरिएकाहरूमा ट्रकका चालक बागमती नगरपालिका–९, सर्लाहीका २४ वर्षीय दिनेश खत्री, ट्रकमा सवार कन्काई नगरपालिका झापाका भोला दाहाल र भारतीय नागरिक २४ वर्षीय उमेश राजपुत छन् । ‘उहाँहरू पौडी खेल्न जान्ने हुनु हुँदोरहेछ त्यसकारण उद्धार गर्न सम्भव भयो,’ डिएसपी राईले भने । नदीमा खसेको ट्रक खोजी भइरहे पनि भेटिने सम्भावना कम रहेको उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७