अधिकार सम्पन्न बूढीगण्डकी प्राधिकरण बनाउन माग


१ श्रावण २०८०, सोमबार
Budhi gandaki 1

काठमाडौं । बूढीगण्डकी आयोजना प्रभावितहरूले आयोजना निर्माण हुने सुनिश्चिततासहित अधिकार सम्पन्न प्राधिकरण बनाउन माग गरेका छन् । आयोजना प्रभावितका दुई वटा सरोकारवाला समूहले आज एक प्रेस विज्ञप्तिमार्फत स्थानीयवासीको जायज माग सम्बोधन गर्न, जग्गा प्राप्ति प्रक्रिया पूरा गर्न र डुबान क्षेत्रका बासिन्दाको पुनर्वास गर्नुपर्नेमा जोड दिएका छन् ।

यस्तै, आयोजना प्रभावित बजार क्षेत्रका व्यवसायको संरक्षण गरी उचित व्यवस्थापन गर्न र तत्काल लगानीको ढाँचा टुङ्गोमा पुर्‍याउन सरकारको ध्यानाकर्षण गराएका छन् । बूढीगण्डकी जलविद्युत् आयोजना राष्ट्रिय सरोकार समिति गोरखाका संयोजक हरेराम ढकाल र बूढीगण्डकी जलाशययुक्त आयोजना सरोकार समिति आरुघाट शिवालनगर गोरखा धादिङका तर्फबाट दिनेशकुमार ढकालले ध्यानाकर्षण गराएका हुन् ।

उनीहरूले आज सार्वजनिक गरेघको प्रेस विज्ञप्तिमा आयोजना निर्माणका लागि अधिकार सम्पन्न प्राधिकरण आवश्यक रहेको उल्लेख छ । नेपाल विद्युत् प्राधिकरण मातहतको कम्पनीले सो आयोजना निर्माण गर्न सक्नेमा सरोकारवाला समितिहरूले आशङ्का व्यक्त गरेको छ ।

व्यवस्थित सहरीकरण, पर्यटन विकास र वातावारण तथा जैविक विविधता संरक्षणको समग्र काम गर्ने गरी नेपाल विद्युत् प्राधिकरणभन्दा शक्तिशाली र अधिकार सम्पन्न बूढीगण्डकी विकास प्राधिकरण स्थापना गरिनुपर्ने उनीहरूको माग छ । सरकारले केही दिनभित्रै सो आयोजनाको कार्यालय स्थापना गरी शिलान्यास गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७