मोदीले सन्दिप लामिछानेको नाम लिएरै यसाे भने (भिडियाे)


२९ बैशाख २०७५, शनिबार
Narendra mod and sandeep lamichane

काठमाडौं,२९ वैशाख । नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली क्रिकेटटर सन्दीप लामिछानेको नाम लिएका छन् । काठमाडौंमा भएको नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका क्रिकेटटर सन्दीप लामिछाने आईपीएलसँग जोडिएको भन्दै खुसी व्यक्त गरेका छन् । Narendra mod and sandeep lamichaneकाठमाडौै महानगरपालिको अभिनन्दनपछि राष्ट्रियसभा गृहमा सम्बोधन गर्दे मोदी बायाँ र डेल्ली डेयरभिल्सको अभ्यासमा सन्दीप लामिछाने दायाँ ।

उनले आइपिएलमा समेत नेपाल जोडिएको बताएका छन् । उनले भने, ‘नेपालमा कति चर्चा छ मलाई थाहा छैन् ,भारतमा आईपीएल म्याच भइरहेको छ र नेपाल पनि आईपीएलमा जोडिएको छ । पहिलो पटक नेपालका खेलाडी सन्दिप लामिछाने आईपीएलमा भाग लिइरहेका छन् । म आशा गर्छु कि आउने दिनेमा क्रिकेट मात्र होइन, अरु खेलले पनि जनता जनताबीचको सम्वन्ध बजबुत हुनेछ ।’

नेपाल र भारतको जनताबीच बढ्दै गएको प्रगाढ सम्बन्धको रुपमा हालै भारतीय क्रिकेटको आइपीएलमा नेपाली युवाले प्रवेश पाएको बताए । उनले सन्दीपले आइपिएलसँग जोडिएको बताउँदै अन्य खेलहरुमा पनि यस प्रकारको सहकार्य बढ्नु पर्ने बताएका हुन् । सन्दीप आइपिएलको दिल्ली डेयरडेभिल्सको टिमको रहेको छन् । तर उनी बेन्चमै बसेर फर्किन्ने सम्भावना रहेको छ ।
india 125

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७