पूर्व प्रधानमन्त्री इमरान खानविरुद्ध पक्राउ पुर्जी जारी


१० श्रावण २०८०, बुधबार
imran khan

काठमाडौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । पूर्व प्रधानमन्त्री खानलाई गत अगस्त २० मा आयोजित एक र्‍यालीलाई सम्बोधन गर्ने क्रममा प्रहरी प्रमुख र महिला न्यायाधीशलाई ‘धम्की’ दिएको आरोप लगाउँदै उजुरी दर्ता गरिएको थियो ।

तहरीक–ए–इन्साफ (पीटीआई) का अध्यक्ष समेत रहेका खानविरुद्ध त्यहाँको निर्वाचन आयोगले अवहेलना मुद्दामा गैरजमानती वारेन्ट जारी गरेको हो । उनलाई आजै पक्राउ गर्न निर्देशन दिइएको छ । गत वर्ष अप्रिलमा विश्वासको मत नपाएपछि खान प्रधानमन्त्रीबाट पदमुक्त भएका थिए ।

उनीविरुद्ध आतंकवादसहित १५० बढी मुद्दा लगाइएको थियो । सोमबार पाकिस्तानको सर्वोच्च अदालतले अर्को एक मुद्दामा उनलाई जमानत दिएको थियो । निर्वाचन आयोगले पहिलेको सूचना र जमानती वारेन्टलाई अवहेलना गरी उपस्थित नभएको आरोप लगाएको छ । प्रहरीले उनलाई आजै पक्राउ गर्ने तयारी गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७