कम्बोडियामा निवर्तमान प्रधानमन्त्री हुन सेनका छोरा हुन मानेट बने नयाँ प्रधानमन्त्री


२२ श्रावण २०८०, सोमबार
combodiya

काठमाडौं । करिब चार दशक शासन गरेका कम्बोडियाली नेता हुन सेनले सत्ता हस्तान्तरणको घोषणा गरेसँगै उनका छोरा हुन मानेटलाई सोमबार राजा नोरोदोम सिहामोनीले कम्बोडियाको नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन् ।

गत जुलाईमा भएको चुनावमा ‘शानदार जित’ हासिल गरेको केही दिनपछि विश्वका सबैभन्दा लामो समयसम्म सत्तामा रहेका नेता हुन सेनले प्रधानमन्त्री पदबाट राजीनामा दिएर जेठा छोरालाई सत्ता हस्तान्तरण गर्ने घोषणा गरेका थिए । सत्तारुढ कम्बोडियाली पिपुल्स पार्टी (सीपीपी) ले १२५ सदस्यीय तल्लो सदनमा पाँच सिटबाहेक सबै सिट जितेका थियो ।

तर मुख्य विपक्षी प्रतिद्वन्द्वी क्यान्डल लाइट पार्टीलाई प्राविधिक रुपमा प्रतिस्पर्धा गर्नबाट व्यापक रूपमा रोकेपछि यो निर्वाचनलाई ढोंगको रूपमा आलोचना गरिएको थियो । संयुक्त राज्य अमेरिका, संयुक्त राष्ट्रसंघ र युरोपियन युनियनले गत महिना भएको निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष नभएको जनाएका छन् ।

हुन सेनको अनुरोधपछि राजा सिहामोनीले सोमबार एक शाही आदेश जारी गर्दै ‘संसदको सातौँ म्यान्डेटका लागि कम्बोडिया अधिराज्यको प्रधानमन्त्रीको रूपमा डा. हुन मानेटलाई नियुक्त गरेको’ उल्लेख गरेका छन् । यद्यपि, औपचारिक रूपमा देशको अर्को नेता बन्नका लागि ४५ वर्षीय हुन मानेट र उनको क्याबिनेटले अगस्ट २२ का लागि तय गरिएको संसद् बैठकमा विश्वासको मत प्राप्त गर्नुपर्नेछ । उनले विश्वासको मत पाउने निश्चित छ ।

आगामी सरकारले युवा मन्त्रीहरूलाई प्राथमिकता दिने बताइएको छ । को एउटा समूहलाई ल्याउनेछ । हुन सेनले आफ्नो छोराको शासनमा हस्तक्षेप नगर्ने, तर देशको राजनीतिमा आफ्नो प्रभावलाई नत्याग्ने बताएका छन् ।

सन् १९८५ मा सत्तामा आएपछि हुन सेनले गृहयुद्ध र नरसंहारबाट तहसनहस भएको देशलाई आधुनिकीकरण गर्न मद्दत गरेका थिए । यद्यपि, उनको शासनमा वातावरणीय विनाश, व्याप्त भ्रष्टाचार र लगभग सबै राजनीतिक प्रतिद्वन्द्वीहरूलाई दबाइएको आलोचकहरूले बताउने गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७