स्पेनकी १७ वर्षीया राजकुमारी सेनामा भर्ना, राजा–रानी ले गरे भावुक विदाइ


२ भाद्र २०८०, शनिबार
liyonar FHouZwkFTK

म्याड्रिड । कुनै पनि देशको सेनामा भर्ना हुनु प्रतिष्ठित काम हो तर कल्पना गर्नुहोस् कि कुनै देशकी राजकुमारी त्यो देशको सेनामा भर्ना भएमा यो निकै चर्चाको विषय बन्न सक्छ ।

यसैबेला स्पेनकी राजकुमारी लियोनर आफ्नो देशको सेनामा सामेल भएकी छिन् । जसका कारण विश्वभर यी राजकुमारीको अहिले चर्चा भइरहेको छ । किनभने दरबारमा बस्ने राजकुमारी लियोनोरले अब भारी आर्मी बुट र बर्दी लगाएर युद्ध तालिममा सहभागी हुनेछिन् । विशेष कुरा के छ भने यी राजकुमारीको उमेर मात्र १७ वर्ष छ ।

उनले तीन वर्ष सैन्य तालिम लिने निर्णय गरेकी छिन् । राजकुमारी लियोनोर स्पेनका राजा फेलिप र रानी लेटिजियाकी जेठी छोरी हुन् । उनलाई बिहीबार नै परिवारको तर्फबाट युद्ध तालिमका लागि शाही बिदाइ गरिएको हो । राजकुमारी जारागोजा बिहीबार आर्मी एकेडेमी पुगेकी थिइन् । राजकुमारीसँग उनको परिवारका अन्य सदस्यहरू पनि थिए ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार राजकुमारी लियोनरले मार्चमा यो जागिरका लागि आवेदन दिएकी थिइन् । उनी स्पेनको सिंहासनमा लाइनमा छिन् । राजकुमारी लियोनोर स्पेनका राजा फेलिप र रानी लेटिजियाकी जेठी छोरी हुन् । उनी आफै राजकुमारीलाई छोड्न त्यहाँ गएका थिए । सैन्य एकेडेमीमा छोड्न आउँदा उनी निकै भावुक देखिएका थिए ।

स्मरण रहोस्, राजा फेलिप स्पेनी सेनाका सर्वोच्च कमाण्डर हुन् । उनले जरागोजा मिलिटरी एकेडेमीबाट तालिम पनि लिएका छन् । ५० वर्षीया रानी लेटिजियाले लियोनरलाई अँगालो हालेर भावुक भइन् ।

धेरै कारणले स्पेनको शाही परिवार विगत एक दशकदेखि धेरै विवादमा रहेको र आफ्नो छवि सुधार्न सक्दो प्रयास गरिरहेको बताइएको छ । यसै सन्दर्भमा राजकुमारीले यस्तो निर्णय लिएकी छिन् । यो पनि भनिएको छ कि यदि शाही परिवारमा कुनै पुरूष जन्मिएनन् भने लियोनोर परिवारको अर्को उत्तराधिकारी हुनेछिन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७