सप्तकोशीले नाघ्यो सतर्कता तह, उच्च सतर्क रहन आग्रह


८ भाद्र २०८०, शुक्रबार
Koshi

मोरङ । सप्तकोशी नदीले सतर्कता तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सप्तकोशी नदीले चतरामा सतर्कता तह (६ मि.) पार गरेको हो ।

तमोर, सुनकोसी र अरुणमा पनि जलसतह बढ्दो छ । त्यसैले उदयपुर, सुनसरी र सप्तरीका नदीकटान हुनसक्ने क्षेत्र र डुबान हुने तटीय क्षेत्रमा हुनेहरूले आज साँझसम्मै उच्च सतर्कता अपनाउनुपर्ने विभागले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७