काठमाडौंलाई ‘ट्रान्जिट’ बनाएर आजदेखि भैरहवाबाट हङकङ र नयाँदिल्लीमा उडान


१२ भाद्र २०८०, मंगलवार
1689671306 nepal air 1200x560 1

काठमाडौं । नेपाल वायुसेवा निगमले आज (बंगलबार) देखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ र भारतको नयाँदिल्लीका लागि नियमित उडान गर्दैछ । निगमले काठमाडौंलाई ‘ट्रान्जिट’ बनाएर भैरहवाबाट हङकङ र दिल्लीमा नियमित उडान गर्न लागेको हो ।

भैरहवाबाट मंगलबार हप्ताको एक दिन एक उडानबाट सेवा सुरु गरिने निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिएका छन् । अहिले हप्ताको एकदिन उडान गरेर माग र बजार व्यवस्थापन अनुसार उडानको संख्या थप्दै लगिने निगमले जनाएको छ ।
निगमको समय तालिकाअनुसार बिहान ८ः१५ मा भैरहवाबाट उडेको जहाज ९ बजे काठमाडौंमा अवतरण गर्नेछ । त्यसपछि ट्रान्जिट भइ हङकङ जाने यात्रु हङकङको उडानमा र दिल्ली जाने यात्रु निगमकै कनेक्टिङ्ग उडानमा चढ्ने छन् ।

यात्रुको सुविधाका लागि चेक इन गर्दाकै बखत गन्तव्यसम्मकै बोर्डिङ पास दिने र लगेज सिधै गन्तव्यमा लिने व्यवस्था मिलाइएको निगमले जनाएको छ । यात्रुहरूले निगमको कार्यालय वा निगमको वेबसाइटमा लगइन गरी अनलाइन टिकट लिन सक्ने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७