नेपालले गुमायो दोस्रो विकेट, भीम सार्की ७ रनमै आउट


१८ भाद्र २०८०, सोमबार
bhim

काठमाडौं । एसिया कप क्रिकेटमा भारतविरुद्ध नेपालले दोस्रो विकेट गुमाएको छ । भीम सार्की ७ रनमै आउट भएका छन् । नेपाललेप्रतियोगिताको भारतविरुद्धको खेलमा बलियो सुरुवात गरेको थियो । टस जितेर पहिला ब्याटिङ गरेको नेपालका लागि कुशल भुर्तेल र आसिफ शेखले बलियो सुरुवात दिलाएका हुन् ।

विना क्षति नेपालले ९ औँ आनेभरमा ५० रन पूरा गरेको हो । भुर्तेलका रुपमा नेपालले पहिलो विकेट गुमाएको छ । भुर्तेल २५ बलमा ३८ रन बनाएर आउट भएका छन् । उनको विकेट सार्दुल ठाकुरले लिए । यस्तै सार्कीको विकेट स्पीनर रविन्द्र जडेजाले लिए । नेपालले यो समाचार तयार पार्दासम्म १६ ओभरमा ७७ रन बनाउँदा दुई विकेट गुमाएको छ । सार्की ७ रन बनाएर आउट भएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७