कोशीमा एमाले र कांग्रेसको सरकार बनाए हुन्छ : अध्यक्ष लिङ्देन


२३ भाद्र २०८०, शनिबार
Rajendra 3lingden morang 1

मोरङ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कोशी प्रदेशमा एमाले र कांग्रेस मिली सरकार बनाएर राजनीतिक स्थायित्व दिनुपर्ने बताएका छन् ।

आज (शनिबार) विराटनगर विमानस्थलमा सञ्चालकर्मीसँग कुरा गर्दै लिङ्देनले अहिलेको व्यवस्थाको संस्थापकहरू एमाले र कांग्रेस मिलेर कोशी प्रदेशलाई जोगाउनु राम्रो हुने बताएका हुन् । राप्रपा कुनै पक्षमा नलाग्दा प्रदेशसभा नै विघटन हुने खतरा रहेको भन्दै उनले कांग्रेस र एमाले मिल्न नसके राप्रपाले आवश्यक समयमा उचित निर्णय लिने बताए ।

Rajendra 3lingden morang 2

उनले भ्रष्टाचार छानबिनका नाममा उठाइएका विभिन्न प्रकरणहरूलाई सरकारले सत्ताको रक्षा कवचको रूपमा प्रयोग गरेको तर्क गरे । आर्थिक कारणले पनि प्रदेशको औचित्य समाप्त हुँदै गएको भन्दै लिङ्देनले जातीय र धार्मिक द्वन्द्व बढाउने कार्य गर्न नहुने जिकिर गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७