हेटौंडामा आज समाजवादी मोर्चाको ‘सन्देश सभा’, प्रदेश कमिटी घोषणा हुने


२४ भाद्र २०८०, आईतवार
Samajbadi Morcha 1

मकवानपुर । समाजवादी मोर्चाले आज (आइतबार) मकवानपुरको हेटौँडामा सन्देश सभा आयोजना गर्ने भएको छ । सात वटै प्रदेशमा सन्देश सभा गर्ने मोर्चाको निर्णयअनुसार आइतबार हेटौँडामा सभा आयोजना हुने नेकपा एकीकृत समाजवादी बागमती प्रदेश अध्यक्ष सावित्री भुसालले जानकारी दिएकी छन् ।

प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा मोर्चाले सन्देश सभा आयोजना गर्ने समेत भुसालले जानकारी दिइन् । सन्देश सभा हेटौँडा–४ स्थित रोयल पार्टी प्यालेसमा दिउँसो २ बजे सुरु हुने उनको भनाइ छ ।

उनका अनुसार सन्देश सभामा प्रधानमन्त्री प्रचण्डसहित नेकपाका अध्यक्ष नेत्रविक्रम चन्द ‘विप्लव’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सम्बोधन गर्नेछन् । सन्देश सभाको संयोजन तथा आयोजना एकीकृत समाजवादीले गरेको र सभाको सम्पूर्ण तयारी पूरा भएको उनको भनाइ छ । सन्देश सभाकै अवसरमा मोर्चाको प्रदेश कमिटी घोषणा हुने समेत बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७