उत्तर कोरियाली नेता किम जोङ पुटिनलाई भेट्न रेल चढेर रूस प्रस्थान


२५ भाद्र २०८०, सोमबार
kim train1694165086

काठमाडौं । उत्तर कोरियाली नेता किम जोङ उनको रेल रूसका लागि प्रस्थान गरेको दक्षिण कोरियाली समाचार संस्था योनहापले सोमबार एक अधिकारीलाई उद्धृत गर्दै उल्लेख गरेको छ । योनहापका अनुसार किमको रेल ‘छुटेको जस्तो’ देखिन्छ । कोरोना भाइरसको महामारी सुरु भएयता विरलै आफ्नो देश छोड्ने र यात्रा नगरेका किमले रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग हतियार सम्झौताबारे छलफल गर्ने अनुमान गरिएको छ ।

अमेरिकी र अन्य अधिकारीहरूले हालै द न्युयोर्क टाइम्सलाई बताएअनुसार किम पुटिनलाई भेट्न रूसको प्रशान्त महासागरीय तटमा पर्ने भ्लादिभोस्तोक जाने सम्भावना छ । प्योङयाङको ऐतिहासिक सहयोगी रूस दशकौँदेखि प्योङयाङको महत्वपूर्ण समर्थक थियो र उनीहरूको सम्बन्ध ७५ वर्षअघि उत्तर कोरियाको स्थापनादेखि नै रहेको छ ।

उत्तर कोरियाली नेता किमले युक्रेनमा मस्कोको आक्रमणको समर्थन गर्दै आएका छन्, जसमा रकेट र क्षेप्यास्त्र आपूर्ति पनि समावेश छ । गत जुलाईमा पुटिनले ‘युक्रेनविरुद्ध विशेष सैन्य कारबाहीका लागि प्योङयाङको दृढ समर्थन’ को प्रशंसा गरेका थिए । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७