उपाध्यक्ष नेम्वाङको निधन भएपछि एमालेको सचिवालय बैठक बस्दै


२६ भाद्र २०८०, मंगलवार
amale 3

काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । पार्टीका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको अप्रत्याशित निधन भएपछि पार्टीको आकस्मिक रूपमा सचिवालय बैठक बस्न लागेको हो ।

सचिवालय बैठक आज बिहान ११ बजे पार्टी मुख्यालयमा बस्ने एमाले सचिव योगेश भट्टराईले जानकारी दिएका छन् । गए राति नेता नेम्वाङ हृदयाघातका कारण निधन भएको हो । उनको पार्थिव शरीरलाई ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा श्रद्धाञ्जलीका लागि राखिनेछ ।

नेकपा एमालेले पार्टीका सम्पूर्ण कार्यक्रम स्थगित गरेको छ । अर्को सूचना जारी नभएसम्म पार्टीका सम्पूर्ण कार्यक्रम स्थगित गरिएको एमाले नेता प्रदीप ज्ञवालीले जानकारी दिए । ‘पार्टी र पार्टी जनसंगठन सम्बद्ध कार्यक्रम अर्काे सूचना नभएसम्मका लागि स्थगित गरिएको छ’, नेता ज्ञवालीले भने । पार्टी उपाध्यक्ष समेत रहेका नेता सुवास नेम्वाङको निधन भएपछि एमालेले पार्टीका सम्पूर्ण कार्यक्रम स्थगन गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७