चोरीको रकमसहित तीन नेपाली गौरीफन्टा नाकामा पक्राउ


२८ भाद्र २०८०, बिहीबार
pakrau
सांकेतिक तस्वीर

कञ्चनपुर । भारतमा चोरी गरेर नेपालतिर छिर्न लागेका तीन जना नेपाली कैलालीको गौरीफन्टा नाकाबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा बझाङका २१ वर्षीय राजु खड्का, २१ वर्षीय विकास कुमार र किरण ३४ वर्षीय किरण खड्का छन् । उनीहरुले काम गर्दै आएको भारतको कर्नाटकका एक व्यापारीको घरमा चोरी गरेर नेपालतिर भागेका थि ए।

उनीहरुलाई चोरी गरेर ल्याएको ६१ हजार नगद र १७ लाख बराबरको एक सय ६० ग्राम सुनसहित पक्राउ गरिएको हो । नेपालतिर छिर्न लागेको अवस्थामा भारतीय प्रहरीद्वार पक्राउ परेका उनीहरुलाई उत्तर प्रदेशस्थित लखिमपुर अदालतमा पठाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७