सामुहिक बलात्कारको आरोपमा दुई युवक पक्राउ


३० भाद्र २०८०, शनिबार
Rape 1

स्याङजा । स्याङ्जामा सामुहिक बलात्कारको आरोपमा दुई युवक पक्राउ परेका छन् । ३२ वर्षकी अपांगता भएकी महिलालाई सामुहिक बलात्कार गरेको आरोपमा पुतलीबजार नगरपालिका–८ का २५ वर्षीय सुवास गुरुङ र २७ वर्षीय मदन गुरुङ पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी पावलसिंह लामाका अनुसार भदौ २० गते वौद्धिक अपांग भएकी ती महिलालाई आफ्नै घरमा बसिरहेको अवस्थामा सामूहिक बलात्कारमा परेकी थिइन् । ‘जाहेरीपछि उनीहरुलाई नियन्त्रणमा लिएर जबरजस्ती करणी मुद्दामा अनुसन्धान भइरहेको छ’, उनले भने । उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान गर्न शुक्रबार नै जिल्ला अदालत स्याङ्जाबाट अनुमति लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७