छात्रालाई जबरजस्ती करणी गरेको आरोपमा शिक्षक पक्राउ


३१ भाद्र २०८०, आईतवार
pakrau
सांकेतिक तस्वीर

ताप्लेजुङ । जबरजस्ती करणीको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका‐६ मेहेलेस्थित निलगिरि माध्यमिक विद्यालयमा अध्ययनरत छात्रालाई सोही विद्यालयका एक शिक्षकले करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।

सप्तरीको महादेव गाउँपालिका‐२ का लक्ष्मीप्रसाद साहलाई जबरजस्ती करणीको अभियोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । साह उक्त विद्यालयमा विगत दुई वर्षदेखि कार्यरत रहेको बताइएको छ । शिक्षक शाहलाई कक्षा ९ मा अध्ययरत १३ वर्षीय छात्रालाई करणी गरेको अभियोगमा यही भदौ २८ गते साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला अदालत ताप्लेजुङबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिए । उनका अनुसार बालिकाको स्वास्थ्य अवस्था सामान्य छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७