एमालेले शिक्षामन्त्रीलाई भन्यो–शिक्षकका जायज माग पूरा गरौं


४ आश्विन २०८०, बिहीबार
kkk1695296176

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले शिक्षकहरूको जायज माग पूरा गर्न सरकारसँग माग गरेको छ । सरकारले संसदमा दर्ता गराएको शिक्षा विधेयकमाथि विरोध जनाउँदै देशभरका शिक्षक काठमाडौं आएर आन्दोलन गरिरहेका छन् ।

एमाले संसदीय दलका सचेतक महेश बर्तौला नेतृत्वको टोलीले बिहीबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईलाई ज्ञापनपत्र बुझाउँदै शिक्षकका माग पूरा गर्न भनेको हो । शिक्षक महासंघसँग वार्ता गरी तत्काल विद्यालय खोल्ने वातावरण बनाउन एमालेको माग छ । साथै सचेकत बर्तौलाले शिक्षकको आन्दोलनमा भएको प्रहरी हस्तक्षेपबारे पनि चासो राखेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७