सरकार र शिक्षकबीच ६ बुँदे सहमति, ड्राफ्ट तयार गरिँदै, आन्दोलन फिर्ता


५ आश्विन २०८०, शुक्रबार
draff

काठमाडौँ । सरकार र तीन दिनदेखि काठमाडौंमा आन्दोलरत शिक्षकहरुबीच ६ बुँदे सहमति भएको छ । आज (शुक्रबार) अपरान्ह भएको चौथो चरणको वार्ताबाट दुवै पक्षबीच ६ बुँदे सहमति बनेको हो ।

आन्दोलित शिक्षकहरु उक्त सहमतिमा हस्ताक्षर गर्न तयार भएसँगै अब आइतबारदेखि देशभरका विद्यालय खुल्ने भएका छन् । सहमति जुटेसँगै शिक्षक महासंघले आन्दोलन फिर्ता लिएको छ । सञ्चारमन्त्री रेखा शर्माले शिक्षकका मागहरू संसदबाट पूरा गर्ने सहमित भएको जानकारी दिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७