दक्षिण कोरियामा माछा मार्ने डुङ्गा पल्टिँदा चार जनाको मृत्यु


६ कार्तिक २०८०, सोमबार
fishing boat capsizes in south korea

काठमाडौं । दक्षिण कोरियाको दक्षिणपश्चिमी तटमा आइतबार माछा मार्ने डुङ्गा पल्टिँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा चालक दलका बाँकी १४ सदस्य घाइते भएका छन् ।

योनहाप समाचार एजेन्सीले जनाएअनुसार १८ जना मानिस बोकेको ७.९३ टनको जहाज स्थानीय समयअनुसार बिहान ५ः५७ बजे सियोलबाट करिब २०० किलोमिटर दक्षिणमा रहेको पश्चिमी तटीय शहर बुआनमा टगबोटसँग ठोक्किएपछि समुद्रमा पल्टिएको थियो । तटरक्षक अधिकारीलाई उद्धारमा संलग्न रहेको बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७