१३ लाख नगदसहित एक भारतीय पक्राउ


१३ कार्तिक २०८०, सोमबार
pakrau 2

महोत्तरी । महोत्तरीको सदरमुकाम जलेश्वरबाट स्रोत नखुलेको १३ लाख २० हजार रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत विहारको सितामढी गाढा बेला पंचायत बस्ने ४० वर्षीय अरुण पंजियार छन् ।

उनलाई आइतबार दिउँसो जलेश्वर नगरपालिका वडा नम्बर ७ वखरी चोक स्थित सम्सीबाट जलेश्वर तर्फ आउँदै गरेको ना३ख २८७८ नम्बरको बसबाट नियन्त्रणमा लिएको हो । बसलाई रोकेर चेकजाँच गर्दा पजियारको साथबाट स्रोत नखुलेको १३ लाख २० हजार फेला परेको प्रहरीले जनाएको छ । उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७