कसले फाल्यो सालनालसहितको शिशु झाडीमा ?


१ मंसिर २०८०, शुक्रबार
baby

हेटौंडा । हेटौँडाको हुप्राचौरको एक झाडीमा सालनालसहित नवजात शिशु फेला परेको छ । बच्चा रोइरहेको आवास सुनेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । सालनालसहितको बच्चा यत्तिकै झाडीमा फालिदिँदा शिशुको खुट्टा र हातमा सामान्य घाउ लागेको छ ।

प्रहरीले उद्धार गरी अस्पताल पुर्‍याएको नवजात शिशुलाई मानवसेवा आश्रमले संरक्षणमा लिएर उपचार गराइरहेको छ । हेटौँडा अस्पतालमा उपचाररत शिशुको अवस्था भने सामान्य रहेको मानवसेवा आश्रम मकवानपुरकी संयोजक ईशा थापाले बताइन् । बच्चा कसले सडकमा ल्याएर फालेको होे हालसम्म खुल्न सकेको छैन । यस सम्बन्धमा अनुसन्धमान चलिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक रुद्र पराजुलीले बताए ।

‘यस वर्षको चाडपर्वमा कसैले बस्नु पर्दैन सडकमा’ भन्ने मूल नाराका साथ मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेसनले गत असोज २७ गतेदेखि यही मंसिर ४ गतेसम्म विशेष अभियान सञ्चालन गरेको छ । बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिकरुपमा कमजोर सडक आश्रित मानवको उद्धार, पारिवारिक पुनर्मिलनदेखि उनीहरुसँगै दसैँ, तिहार, छठजस्ता पर्व मनाउने गरी सो अभियान सञ्चालन गरिएको हो ।

पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म पूर्व–पश्चिम राजमार्गसँग जोडिएका ४६ जिल्ला तथा बागमती र गण्डकी प्रदेशका केही जिल्लालाई लक्षित गरी अभियान सञ्चालन गरिएको मानव सेवा आश्रम केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिए । उनका अनुसार यस क्रममा हालसम्म विभिन्न उमेर समूहका २९२ जनाको उद्धार गरिसकिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७