पूर्वराजा लक्षित प्रचण्डको कटाक्ष : इतिहासले गलहत्याएका तत्व फेरि फर्कने दुस्साहस गर्दैछन्


६ मंसिर २०८०, बुधबार
Prachanda newa 1 scaled

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई लक्षित गर्दै इतिहासको मञ्चबाट गलहत्याइएका तत्व फेरि फर्कने जमर्को गरेको टिप्पणी गरेका छन् ।

आज (बुधबार) शंखधर दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै एकथरी तत्वहरु अहिले गरेको एउटा दुस्साह कहिले पूरा नहुने दाबी गरे । उनले भने, ‘यो उपलब्धि सानो दुःख, त्याग र बलिदानले प्राप्त गरेको होइन । सबै ठूला क्रान्ति, आन्दोलन र परिवर्तनपछि प्रतिगामी या इतिहासको मञ्चबाट गलहत्याइएका तत्वहरुले फेरि फर्कने जमर्को गर्छन् । उनीहरुले अन्तिम रुपमा तागत प्रयोग गर्ने कोशिस गर्छन् । त्यो जहाँ पनि हुने गरेको छ । अहिले त्यही अनुसार निरंकुशतावादी तत्वहरु फेरि पुनरागमन गर्ने षड्यन्त्र गर्दैछन् ।’

उनले थपे, ‘एकथरी तत्वहरु अहिले एउटा दुस्साह, दिवा सपना र ठूला दिग्भ्रम फैलाउने कसरतमा छन् त्यो कहिले पूरा हुनेवाला छैन । नेपालको इतिहासमा चाहे राणा शासन विरोधी आन्दोलन होस्, निरंकुश तानाशाही पञ्चायति व्यवस्था विरुद्धको आन्दोलनमा होस्, चाहे राजतन्त्र विरोधी आन्दोलनको कुरा होस् । चाहे प्रत्येक क्रान्तिका क्रममा होस् वा प्रतिक्रान्ति रोक्ने क्रममा होस् । नेपालका प्रगतिशिल जनताको त्यसमा पनि काठमाडौं भक्तपुर र ललितपुरका नेवा समुदायको अन्तिममा निर्णायक भूमिका हुने गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७