एमालेको ‘संकल्प यात्रा’ कार्ययोजना पारित, अध्यक्ष ओलीले झुलाघाटमा उदघाटन गर्ने


६ मंसिर २०८०, बुधबार
uml

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले यही १४ मंसिरमा संकल्प यात्रा सुरु गर्ने भएको छ । मध्य पहाडी लोकमार्गमा एमालेको यो यात्रा हुनेछ । जसलाई संकल्प यात्रा नाम दिइएको छ । आज (बुधबार) बसेको पार्टी केन्द्रीय कमिटी बैठकले संकल्प यात्राको कार्ययोजना पारित गरेको हो ।

आजको बैठकमा यात्राको तयारीबारे छलफल भएको थियो । यात्राको तयारीका लागि उपमहासचिवद्वय प्रदिप ज्ञवाली र विष्णु रिमालका दुई अलग अलग टिमले पूर्वको पाँचथरदेखि बैतडीसम्म अवलोकन गरेका थिए । आजको बैठकका उनीहरूले तयारीबारे भएका प्रगतिको जानकारी दिए ।

१४ मंसिरमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा यात्राको उद्घाटन गर्ने तय भएको छ । यात्रा अवधिभर स्थानीयसँग अन्तरक्रिया, बहस तथा छलफल चलाइने एमालेले जनाएको छ । यात्रा पाँचथरको चिवाभञ्ज्याङ पुगेर टुंगिनेछ ।
मध्यपहाडी लोकमार्ग पाँचथरको चिवाभञ्ज्याङबाट सुरु भएर बैतडीको झुलाघाटसम्म पुग्छ । यो लोकमार्गले मध्य नेपाललाई पूर्वदेखि पश्चिमसम्म जोड्छ । यसै लोकमार्गले छोएका जिल्लाहरूमा एमालेको यात्रा हुने भएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७