हमास–इजरायल युद्ध : आज बिहान १० बजेबाट संघर्ष विराम लागू हुने


७ मंसिर २०८०, बिहीबार
gaza isreal

काठमाडौं । हमास र इजरायलबीच आज (बिहीबार) बिहान १० बजेबाट युद्ध विराम लागू हुने भएको छ । झण्डै डेढ महिनादेखि जारी युद्धकाबीच दुबै पक्षबीच सहमति भए अनुसार स्थानीय समय अनुसार आज बिहान १० बजेबाट युद्ध विराम लागू हुने बीबीसीले जनाएको छ ।

हमास र इजरायलबीच ४ दिनका लागि युद्ध विराम गर्ने सहमति भएको हो । युद्ध विरामको क्रममा दुबै पक्षले आफ्ना नियन्त्रणमा रहेका नागरिकहरूलाई रिहा गर्ने सहमति भएको छ । सहमतिका अनुसार हमासले बन्धक बनाएका ५० जना इजरायलीलाई पहिलो चरणमा रिहा गर्ने छन् भने इजरायलको नियन्त्रणमा रहेका १५० जना प्यालेस्टिनी रिहा हुने मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको कतारले जनाएको छ ।

इजरायलका विदेश मन्त्री एली कोहेनले बन्धक बनाइएका इजरायली नागरिकलाई सम्भवतः आजै रिहा गर्ने आशा गरिएको बताएका छन् । सहमति अनुसार युद्ध विरामको क्रममा इजिप्टको रफाह क्रसिङ्ग बोर्डरबाट सहयोग सामग्रीयुक्त २ सय ट्रक, ४ इन्धन ट्याङ्कर र ४ ग्यासको ट्रकलाई पनि गाजा प्रवेश गर्न दिइने छ । यसैबीच, हमास र इजरायलबीच भएको सहमतिलाई विश्व समुदायले स्वागत गरेका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७