एनसेल शेयर बिक्री प्रकरणमा तीन सरकारी निकायलाई लेखा समितिले सोध्यो नौं प्रश्न


१८ मंसिर २०८०, सोमबार
ncell

काठमाडौँ । संसद्को सार्वजनिक लेखा समितिले एनसेलको ८० प्रतिशत शेयर खरिद–बिक्री सम्बन्धमा चासो राख्दै सम्बन्धित निकायसँग जवाफ माग गरेको छ । समितिले आन्तरिक राजश्व विभाग, कम्पनी रजिष्ट्रारको कार्यालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई एनसेलको सेयर खरिद–बिक्रीका विषयमा नौं वटा प्रश्नसहित पत्र पठाएको हो ।

पत्रमा समितिले मलेसियन कम्पनी आजियाटाले आफ्नो स्वामित्वको ८० प्रतिशत शेयर बेलायतको स्पेक्ट्रलाइट कम्पनीलाई बिक्री गरेको भनी सम्झौता तथा प्रेस विज्ञप्ति निकालेको विषयमा आधिकारिकता के हो भनेर प्रश्न गरेको छ ।

साथै समितिले विदेशी होल्डिङ कम्पनीको स्वामित्वमा रहेको कम्पनीको शेयर खरिद बिक्री सेवा प्रवाह गरिरहेको देशको कानुनी व्यवस्था परिपालना गर्नुपर्ने, नपर्ने के हो भनेर समेत प्रश्न गरेको छ । समितिले शेयर स्वामित्व, कारोबार, राजश्व लगायतका विवरण यथाशीघ्र पठाउन भनेको छ ।

ncell juvpnjpWsN

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७