ओलीको आक्रोश : कोशी कसैको विर्ता होइन, एमालेलाई छिर्न दिन्नौं भने सकिन्छौं


२१ मंसिर २०८०, बिहीबार
oli 1 1

पर्वत । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा पहिचानका नाममा भइरहेको आन्दोलनलाई लिएर आक्रोश व्यक्र गरेका छन् ।

oli 2

मध्यपहाडी संकल्प यात्राका क्रममा आज (बिहीबार) पर्वतको कुश्मामा आयोजित सन्देशसभालाई सम्बोधनका क्रममा उनले कोशी प्रदेश कसैको बिर्ता नभएको टिप्पणी गरे । ‘पहिचानवादको नाममा भ्रममा पार्ने, फाटो पार्ने काम हुँदैछ । १ नम्बरमा कोशी प्रदेश साझा नाम राखियो’, उनले भने, ‘पृष्ठभूमिको नाम चाहियो भनेर विदेशबाट सञ्चालित, लोकतन्त्र हुन नदिने, अशान्ति फैलाउने, अरुको स्वार्थ पूर्ति गर्ने तत्व लागिपरेका छन् ।’

Kp oli 6 2

उनले पहिचानवादीका नाममा भएको आन्दोलित केही समूहले एमालेलाई कोशी प्रदेशका छिर्न दिन्नौँ भनेको कुराको पनि जवाफ दिएका छन् । ‘कोशीमा प्रवेश गर्न दिन्नौँ भनेका छन् । नेकपा एमाले कहाँ जान पाउने, नपाउने भन्ने हुँदैन । नेपालको जमिन कसैको बिर्ता होइन’, उनले भने, ‘तोडफोड गर्छु, आक्रमण गर्छु भन्ने आतंककारी कुरा नगरे हुन्छ । यो बुद्धि फेरिहाल । होइन भने सकिन्छौँ । कत्राकत्रा क्रान्ति त समाप्त भए । यस्ता गतिविधि नगर्दा राम्रो हुन्छ ।’

406710310 372661898656021 2658924720650493717 n

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७