प्रधानमन्त्रीले भेटे विपिन जोशीका बुबा–आमालाई (तस्वीरहरु)


२२ मंसिर २०८०, शुक्रबार
pm
तस्वीरहरु : प्रधानमन्त्रीको सचिवालय

कैलाली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले इजरायल युद्धमा बेपत्ता रहेका विपिन जोशीका परिवारलाई भेटेका छन् ।
कैलाली विमानस्थलमा प्रधानमन्त्री दाहालले आज इजरायलमा हमासद्वारा बन्दी बनाइएका नेपाली विद्यार्थी विपिन जोशीका बुवाआमासँग भेटघाट गरेका हुन् ।

pm 1 1

भेटमा विपिनका अभिभावकले विपिनको उद्धारको पहलबारे सोधेका थिए । उनीहरुले छिटो उद्धार गरिदिन आग्रह पनि गरेका थिए । प्रचण्डले विपिनको सकुशल रिहाइका लागि अधिकतम कूटनीतिक पहल जारी राखेको जानकारी गराएका छन् । प्रधानमन्त्री प्रचण्ड सुदूरपश्चिम महोत्सव उदघाटन कार्यक्रममा सहभागी हुन आज बिहान कैलाली पुगेका छन् ।

pm 2 2

सोही क्रममा उनले जोशी परिवारसँग भेटघाट गरेका हुन् । सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान संकायमा अध्ययनरत विपिन सहितका ४९ विद्यार्थीहरु ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत गत भदौ २७ गते इजरायल गएका थिए । गत असोज २० गते किबुजस्थित कृषि फार्ममा हमासले गरेको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का जोशी सम्पर्कविहीन भएका थिए ।

pm 3 3

इजरायली सेना र तेलअविवस्थित नेपाली राजदूतावासले विपिन हमासको नियन्त्रणमा रहेको पुष्टि गरे पनि उनको अवस्था कस्तो छ भन्ने खुलेको छैन । यसअघि परराष्ट्रमन्त्री एनपी साउद कञ्चनपुर गएका बेलामा पनि विपिनका आमा–बुवाले उनीसँग भेटेर विपिनको अवस्था पत्ता लगाउन भइरहेको प्रयासबारे जानकारी लिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७