नागढुङ्गाबाट दुई किलो सुन बरामद प्रकरण : थप एक चिनियाँ नागरिक पक्राउ


२४ मंसिर २०८०, आईतवार
arrested

काठमाडौं । काठमाडौं प्रवेश नाका नागढुङ्गाबाट गरिएको दुई किलो सुन बरामद प्रकरणमा थप एक चिनियाँ नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा २७ वर्षीय Chen Zhiwei रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।

मंसिर २१ गते रसुवाबाट काठमाडौं आउँदै गरेको निजी गाडीबाट दुई किलो सुनसहित तीन जना पक्राउ परेका थिए भने चिनियाँ नागरिक ऋजभल फरार थिए । यसअघि पक्राउ परेका तीनै जना रसुवाका स्थानीय थिए । पक्राउ परेका चिनिया नागरिक Chen लाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७