युवाहरुलाई लक्षित गर्दै ’टाटा मोटर्स स्वावलम्बी अभियान २.०’ सञ्चालन


२८ मंसिर २०८०, बिहीबार
Swabhalambhi Abhiyan 2.0

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्गले कामका लागि विदेश जान लागेका युवाहरुलाई लक्षित गर्दै ‘टाटा मोटर्स स्वावलम्बी अभियान २.०’ ल्याएको छ । यस अभियान अन्तर्गत ग्राहकहरुले टाटा एस वा टाटा इन्ट्रा मात्र २ लाखको डाउनपेमेन्टमा खरिद गर्न सक्ने छन् ।

सिप्रदी ट्रेडिङ्ग कमर्सियल भिह्कल विजनेस यूनिटका सिनियर जेनेरल म्यानेजर अनुपमनि ढकालकाले अहिलेको यो कठिन आर्थिक अवस्थामा देशमै रही केहि गर्न चाहने युवाहरुका लागि यो अभियान राम्रो अवसर हुन सकने विश्वास लिएका छन् ।

Swabhalambhi Abhiyan 2.0 Mnemonic

यो योजना सार्वजनिक भएको केहिी दिन मात्र हुँदा पनि सोधपुछ गर्ने ग्राहक को संख्या उल्लेख्य हुनुले यसको प्रभावकारिता देखिएको उनले बताए । सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले यस्तो योजना पहिलो पटक भने ल्याएको होइन । यस अघि कोभिडका बेला पनि वैदेशिक रोजगारमा गएका कैयौं नेपालीलाई घर फर्काइँदा सिप्रदीले स्वरोजगारको लागि यस्तै स्वावलम्बी अभियान संचालन गरेको थियो ।

बजारको माग र देशबाट युवा तीव्र रुपमा पलायन भएको अवस्थालाई मध्यनजर गर्दै यस्तो अभियान चलाएको कमर्सियल भिह्कल विजनेस यूनिटका सहायक जी. एम. दिवस बाबु सुवेदीले बताए । कुन गाडीमा कति वर्षको किस्ता बन्छ, फाइनान्समा कति प्रतिशत ब्याज लाग्छ जस्ता विस्तृत जानकारीका लागि सिप्रदी ट्रेडिङ्गको नजिकको शोरुम वा ९८०११०७६०० मा मिसकल गर्न सकिने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७