‘संकल्प यात्रा’ ले एमालेको जनाधार मजबुत : उपमहासचिव ज्ञवाली (भिडियो)

‘राजधानी केन्द्रित सत्ता र भागवण्डाको राजनीतिले गाउँ रित्तिने अवस्था देखियो’


२९ मंसिर २०८०, शुक्रबार
pradeep

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवालीले सबै दलहरू राजधानीमा बसेर भागबण्डाको राजनीतिमा रमाउनुभन्दा जनताको माझमा आउन आग्रह गरेका छन् ।

amale 4

गाउँमा सम्भावना र स्रोतहरू भए पनि नीति निर्माताको नजर नपरेको उल्लेख गर्दै उनले देश बनाउन सबै दलहरू स्वस्थ राजनीतिक प्रतिस्पर्धामा आउनु पर्ने बताएका छन् । उनले भने, ‘सबै दलहरूलाई आग्रह गर्दछु । राजधानीमा बसेर भागबण्डाको राजनीति गर्नुभन्दा पनि जनताको माझमा आउनुहोस् । स्वस्थ प्रतिस्पर्धा गरौँ । युवा केन्द्रित कार्यक्रम ल्याउन जरुरी देखियो । सत्ता पक्ष र प्रतिपक्ष दुवैले । नत्र गाउँहरू रित्तिने अवस्था देखियो ।’

amale 3 1

झुलाघाट–चिवाभन्ज्याङ अभियानले एमालेको जनाधारलाई मजबुत बनाउन सहयोग गरेको दावी गर्दै उनले देश बनाउन एमाले बाहेक अर्को शक्ति देशमा नभएको बुझाइ जनतामा रहेको जिकिर समेत गरेका छन् । जनताले नेताहरूको कार्यशैलीमा सुधार गर्दै जनप्रतिनिधि नजिक भएको हेर्न चाहेको सुझाव जनताबाट आफूहरूले पाएको उनले बताए । उनले एमालेको १५ दिनको संकल्प यात्रा अत्यन्त उत्साहपूर्ण र उज्यालोले भरिएको बताए । संकल्प यात्राले एमालेको मनोबल उच्च रुपमा बढेको बताए ।

shankhar pokharel 1536x1024 1

उनले एमालेको संकल्प अभियान मुख्य गरी ६ उद्देश्यमा केन्द्रीत रहेको पनि बताएका छन् । पहाड विकासको यर्याप्त सम्भावना भए पनि बसाई सराईले रित्तिदैं गएको अवस्थामा यसको अध्ययन गर्ने, देशमा राजनीतिक पार्टीहरु बिग्रिए केहि गर्न सक्दैनन् भन्ने गरी निर्माण गरिएको भाष्य निर्माणलाई चिर्ने, कम्युनिष्ट पार्टीको ७५ वर्षमा के गर्‍यो, अबको २५ वर्षमा पार्टी र देशलाई कस्तो बनाउने भन्ने परिकल्पना सम्प्रेषित गर्ने, जनताबाट सुन्ने र सिक्ने, सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय दिने उद्देश्य रहेको पनि बताए ।

8 3

यसका लागि हालसम्म सय भन्दा बढी भेलाका कार्यक्रम गरिसकिएको पनि उनले जानकारी दिएका छन् । यसका लागि विकास निर्माण र समृद्धिका विषयमा छलफलहरु गरिएको, ज्ञापनपज्ञमार्फत लाखौं जनताका गुनासा र मागहरु सुनुवाइ गरेको उनले बताए । पहिचानवादीहरूतर्फ संकेत गर्दै उनले हिंसाबाट पहिचान नबन्ने बताए । भारतको मणिपुरलगायत द्वन्द्वग्रस्त क्षेत्रको उदाहरण दिँदै उनले समाजमा तिक्तता बढाउने भन्दा पनि समाज निर्माणका लागि सबैले हातेमालो गर्नुपर्ने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७