पशुपति क्षेत्र विकास कोषका राज संस्थाका पालादेखिका सय बढी सल्लाहकार खारेज


४ पुष २०८०, बुधबार
Pashupati bikas kos

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले विभिन्न समयमा नियुक्त गरिएका एक सय भन्दा बढी सल्लाहकारहरू खारेज गर्ने निर्णय गरेको छ । आज (बुधबार) बसेको कोषको परिषद् बैठकले यसभन्दा अगाडि गरिएका सल्लाहकार नियुक्तिको निर्णय खारेज गरेको हो ।

राज संस्थाका पालादेखि हालसम्म विभिन्न समयमा नियुक्त गरिएका एक सय बढी सल्लाहकार खारेज गरिएको कोषका अध्यक्ष तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको सचिवालयले जनाएको छ ।

परिषद् बैठकले पशुपति क्षेत्र परिषद्मा मदिरा बिक्री वितरण समेत बन्देज गर्ने निर्णय गरेको छ । यसका साथै बैठकले पशुपति दर्शन तथा अवलोकनमा आउने दर्शनार्थी र पर्यटकहरूको सुरक्षाका लागि सुरक्षा पोष्टहरू निर्माण गर्ने निर्णय गरेको ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७