सर्वोच्च अदालतका मुख्य रजिष्टार र रजिष्टार उच्च अदालतको न्यायाधीश सिफारिस


८ पुष २०८०, आईतवार
lalbahadur nirmala

काठमाडौं । सर्वोच्चका मुख्य रजिष्टार लालवहादुर कुँवर र रजिष्टार निर्मला पौडेल भट्टराई उच्च अदालतको न्यायाधीश नियुक्त भएका छन् । आज (आइतबार) बसेको न्याय परिषदको बैठकले कुँवर र पौडेललाई उच्चको न्यायाधीशमा नियुक्ति सिफारिस गरेको हो । यसअघि न्यायाधीश सिफारिस गर्दा कुँवरले अश्वीकार गरेका थिए । यसअघिका मुख्य रजिष्टार मुख्य न्यायाधीश बन्ने गरेका थिए ।

तर पछिल्लो नियमावली संशोधनपछि शीर्ष वरियतामा रहनेगरी कुँवर न्यायाधीश बनेका हुन् । उनको रोलक्रम अनुसार राजन भट्टराईपछि मुख्य न्यायाधीशको पालो आउनेछ । न्यायाधीश नियुक्त भएका कुँवर उच्च अदालत पाटन र पौडेल पोखरामा पदस्थापन समेत भएका छन् । त्यस्तै उच्च अदालत बुटवल इजलासका न्यायाधीश चन्द्रवहादुर सारुलाई परिषद बैठकले नेपालगञ्ज इजलासमा सरुवा गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७