प्रधानमन्त्री कप महिला क्रिकेट उपाधिका लागि एपीएफ र कोशी भिड्दै


१८ पुष २०८०, बुधबार
pm cup.jpg final 202024 01 03 06 01 10

काठमाडौं । प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज (बुधबार) विभागीय टोली एपीएफ क्लब र कोशी प्रदेश भिड्दै छन् । त्रिवि मैदान कीर्तिपुरमा विहान ११ बजे सरु हुने फाइनल खेलमा दुवै टोली उपाधि जित्न तत्पर रहेका छन् ।

अनुभवी खेलाडीको साथ पाएको एपीएफले अपराजित रहँदै फाइनलमा स्थान बनाएको हो । एपीएफले पहिलो क्वालिफायर खेलमा कोशी प्रदेशलाई ५२ रनले हराएर फाइनलमा स्थान बनाएको थियो । एपीएफसँग पहिलो क्वालिफायरमा हारेको कोशीले दोस्रो क्वालिफायरमा साबिक विजेता सुदूरपश्चिम प्रदेशलाई नौ विकेटले हराएर एपीएफसँगको फाइनल भिडन्त पक्का गरेको थियो ।

त्यसैले कोशीलाई फाइनलमा एपीएफसँग बदला लिने राम्रो मौका रहेको छ । नेपाल क्रिकेट सङ्घले महिला क्रिकेटमा पहिलो पटक राउन्ड रोविन लिगका आधारमा प्रतियोगिता सञ्चालन गरेको हो। जसले गर्दा खेलाडीले धेरै खेल खेल्न पाएका छन् ।
क्यानले यसअघि सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी शीर्ष दुई टोलीलाई सेमिफाइनल खेलाउने गर्दथ्यो । मूलपानी र त्रिवि मैदान कीर्तिपुरमा पुस ५ देखि सुरु भएको प्रतियोगितामा विभागीय टोली एपीएफ र सात प्रदेशगरी आठ टोलीले प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७