१० हजार मेगावाट विद्युत निर्यातको ग्यारेण्टी भयो : प्रधानमन्त्री


१९ पुष २०८०, बिहीबार
Prachanda ramechhap 3 scaled

रामेछाप । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणबाट १० हजार मेगावाट विद्युत निर्यातको ग्यारेण्टी भएको बताएका छन् ।

आज (बिहीबार) दिउँसो रामेछापको बेथान पानीघाटमा आयोजित सत्ताइसौं बेथान वीरता दिवस, शहिद स्तम्भ उद्घाटन तथा शहिद परिवार सम्मान कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले नेपाल र भारतबीच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा हस्ताक्षर भएपछि यस्तो बताएका हुन् ।

Prachanda ramechhap 2

बिहीबार दिउँसो सिंहदरबारमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा दुई देशका सचिवले दीर्घकालीन ऊर्जा व्यापारसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । बिजुली निर्यातसम्बन्धी द्विपक्षीय सहमतिपत्रमा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपाल सिग्देल र भारतका ऊर्जासचिव पङ्कज अग्रवालले हस्ताक्षर गरेका थिए ।

Prachanda ramechhap 1

प्रधानमन्त्री दाहालले भने, ‘भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणले १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यातको ग्यारेण्टी भएको छ । सम्झौता नेपाल–भारत र बंगलादेशसँग पनि विद्युत् व्यापार गर्न कोशेढुङ्गा सावित हुनेछ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७