होटलमा महिला र बालिकालाई यौन गतिविधिमा लगाएको आरोपमा तीन जना पक्राउ


२१ पुष २०८०, शनिबार
Hotel Pakrau

पोखरा । होटलमा काम दिने प्रलोभनमा महिला र बालिकालाई यौन गतिविधिमा लगाएको आरोपमा कास्की प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका–८ जाल्पारोडमा रहेको काभ्रेली खाजा घरका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको हो ।

पोखरा महानगरपालिका–९ पृथ्वीचोक बस्ने २९ वर्षीय प्रविन गुरुङ, पर्वत घर भइ काठमाडौंको शंखमुल बस्ने २३ वर्षीय निर्मल मल्ल र पोखरा–१७ विरौटा बसने राजेश ठकुरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले जानकारी दिए ।

सुरुमा होटलमा काम दिने भन्दै सरसफाइको काममा लगाउने र पछि प्रलोभनमा पारेर यौनजन्य गतिविधिमा लगाउने सूचनाको आधारमा होटलमा छापा मारेको उनको भनाइ छ । प्रहरीले छापा मार्दा एक जना बालिका र दुई जना महिलालाई खाजा घरबाट बाहिर लाने तयारीमा रहेका थिए । तीनै जनाको प्रहरीले उद्धार गरेको छ । बिहीबार पक्राउ परेका उनीहरुविरुद्ध कास्की जिल्ला अदालतबाट ५ दिनको म्याद थपेर मानव वेचविखन तथा ओसारपसार मुद्दामा अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७