बेलुन फुलाउने मेसिन विष्फोट हुँदा एक जना गम्भीर घाइते


२ माघ २०८०, मंगलवार
school

झापा । झापाको बिर्तामोड नगरपालिका–७ मा रहेको बेल्स मोडल स्कुलमा बेलुन फुलाउने मेसिन विष्फोट हुँदा एक जना गम्भीर घाइते भएका छन् ।

स्कुलले आयोजना गरेको शैक्षिक तथा खेलकुद कार्यक्रमको सजावटका लागि ग्यास भरिएको मेसिनबाट बेलुन फुलाउने क्रममा विष्फोट हुँदा अन्दाजी ५५ वर्षीय भारतीय नागरिक गणेश सहनी घाइते भएका हुन् ।

उनलाई उपचारको लागि विएण्डसी हस्पिटल पठाइएको र अवस्था चिन्ताजनक रहेको वडाध्यक्ष अविरल कृष्ण खरेलले जानकारी दिए । वडाध्यक्ष खरेलका अनुसार घाइतेको कम्मरमुनिको भाग क्षतविक्षत अवस्थामा छ । विष्फोटमा उनको खुट्टा चुँडिएर झरेको छ । विष्फोटमा अन्य एक जना पनि घाइते भएको र उनको अवस्था सामान्य रहेको बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७