ग्लोबल आइएमई बैंकको अफर : क्रेडिट कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत छुट


३ माघ २०८०, बुधबार
Global bank

काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकले बिग मार्टमा सामान खरिद गरी क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट पाउने योजना ल्याएको छ । ‘बिग मार्ट विन्टर अफर’ अन्तर्गत ग्राहकले बिग मार्ट स्टोरमा ग्लोबल आइएमई बैंकको क्रेडिट कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम ३०० सम्म छुट पाउने छन् ।

Credit Card

जाडो मौसमलक्षित अफरमा बैंकको क्रेडिट कार्डबाट भुक्तानी गर्दा छुटसँगै बिग मार्टले घोषणा गरेको आकर्षक पुरस्कार पनि प्राप्त गर्न सक्ने जानकारी दिइएको छ । बैंकका अनुसार यो अफर हाल बिगमार्टको ८१ वटा भन्दा बढी स्टोरमा उपलब्ध छ । छुट योजना यही माघभर लागू हुने बैंकले जनाएको छ ।

ग्लोबल आइएमई बैंकले देशका ७७ वटै जिल्ला तथा तीन अन्तर्राष्ट्रिय सम्पर्क–वैदेशिक प्रतिनिधि कार्यालय सहित एक हजार १०० भन्दा बढी केन्द्रबाट बैंकिङ सेवा प्रदान गरिरहेको जनाएको छ । आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरिरहेको पनि बैंकले बताएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७