सूर्य चम्किँदा आर्मीलाई बागमतीले हरायो


३ माघ २०८०, बुधबार
bagmati pm cup

काठमाडौँ । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै विजयी भएको छ । मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा बागमतीले आर्मीलाई तीन विकेटले पराजित गर्दै विजयी भएको हो ।

जितका लागि ९८ रनको सामान्य लक्ष्य पछ्याएको बागमतीले २२ दशमलव १ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्‍यो । बागमतीको जितमा अशोक पौडेलले ३० बलमा २ चौका र १ छक्कासहित २१ रन बनाए । प्रतिश जिसी २४ बलमा १ चौका र १ छक्कासहित २१ रनमा नट आउट रहे । ईशान पाण्डे १२, रविन जोशीले १२, प्रतीक श्रेष्ठ ७, रित गौतमले ४ तथा ओपनर आशुतोष घिरैयाले २ रन बनाए ।

आर्मीका सोमपाल कामीले ३ विकेट लिए भने जीतेन्द्र मुखिया र साहब आलमले समान २-२ विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको आर्मी २७ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै ९७ रनमा समेटियो । आर्मीका कप्तान विनोद भण्डारीले ४० बलमा ४ चौकासहित सर्वाधिक २८ रन बनाए । भीम सार्की ४१ बलमा ३ चौकासहित १८ रन बनाए भने विवेक यादवले ११ रन जोडे । बागमतीका सूर्य तामाङले ५ विकेट लिए भने प्रतिश जिसीले र रिजन ढकालले समान दुई-दुई विकेट लिएका थिए । त्यस्तै, कृर्जन गुरुङले एक विकेट लिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७