स्रोत नखुलेको दुई करोड ३० लाख रुपैयाँसहित चार जना पक्राउ


५ माघ २०८०, शुक्रबार
rajaswa

काठमाडौँ । राजस्व अनुसन्धान विभागको टोलीले काठमाडौँको क्षेत्रपाटीबाट स्रोत नखुलेको दुई करोड ३० लाख रकमसहित चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा व्यवसायी नरेश अग्रवाल र उनका सहयोगी रहेका विभागका महानिर्देशक नवराज ढुंगानाले जानकारी दिए । ‘राजस्व अनुसन्धान विभागको टोलीले करिब दुई करोड ३० लाख रुपैयाँसहित चार जनालाई पक्राउ गरेको छ’, उनले भने ।

व्यापारी नरेश अग्रवालको घरमा राजस्व अनुसन्धान छापा मारेपछि उक्त रकम फेला परेको बताइएको छ । बरामद गरिएको रकम हुन्डी कारोबारको हुनसक्ने अनुमान गरिएको छ । पक्राउ परेकाहरूविरुद्ध थप अनुसन्धानका लागि अदालतबाट म्याद थप गरेर हिरासतमा राखिने महानिर्देशक ढुंगानाले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७