सहकारी पीडितको पैसा सरकारले तिर्नुपर्छ : रवि लामिछाने


६ माघ २०८०, शनिबार
Rabi lamichhane

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी पीडितहरुको पैसा सरकारले तिर्नुपर्ने बताएका छन् । चितवनमा सहकारी पीडितसँगको अन्तरक्रिया कार्यक्रममा उनले सहकारी खोल्न सरकारले लाइसेन्स दिएपछि सदस्यहरु मर्का पर्दा सरकारले बेवास्ता गर्न नमिल्ने बताए ।

सभापति लामिछानेले आफू ग्यालेक्सी टेलिभिजनमा रहँदा कुनै पनि सहकारीबाट पैसा लिएको कुरा आफूलाई थाहा नभएको भन्दै सहकारी पीडितहरुको पक्षमा आफू रहेको बताए । उनले टेलिभिजनमा रहँदा कार्यक्रम चलाउने, समाचार बनाउने जिम्मेवारी पाएको मान्छे टेलिभिजनको लगानी गर्ने जिम्मेवारी तहमा नभएको र टेलिभिजनमा रहँदा संचालनको लागि कुनै पनि सहकारीबाट पैसा ल्याउने निर्णय पनि नभएको स्पष्ट पारे ।

उनले सवाल चितवनका सहकारी पीडितको मात्र नभइ देशैभरका सहकारी पडितहरुको पक्षमा काम गर्न डा. स्वर्णीम वाग्लेको संयोजकत्वमा समाधान सहितको प्रतिवेदन तयार पारेको जानकारी दिए । करिव २ सयको हाराहारीमा जम्मा भएका सहकारी पीडितहरुले सहकारीमा पैसा डुबेको कारण औषधी उपचार लगायत खान समस्या भएको गुनासो गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७