ज्ञानेन्द्र शाह कुशका मात्र राजा, दिपेन्द्रले दरबार हत्याकाण्ड घटाए भन्नु अफवाह : ओली

‘कडा प्रबन्ध गरेर मात्रै एसिड बेच्न दिनुपर्छ’


१४ माघ २०८०, आईतवार
oli

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ज्ञानेन्द्र शाह कहिल्यै राजा नभएको टिप्पणी गरेका छन् । दरबार हत्याकाण्डसँगै राजतन्त्र अन्त्य भएको बताउँदै उनले ज्ञानेन्द्रलाई कुशको बाहुन बनाएझैं राजा मात्र बनाइएको बताएका छन् । शनिबार पूर्वराजा ज्ञानेन्द्रले दरबार हत्याकाण्डबारे अफवाह फैलाई आफ्नो परिवार घातक प्रहार गरिएको गुनासो गरेका थिए ।

एमाले अध्यक्ष ओलीले त्यसको प्रतिवाद गर्दै आज (आइतबार) काठमाडौंमा आयोजित एक कार्यक्रमपछि उनले तत्कालीन युवराज दीपेन्द्रले दरबार हत्याकाण्ड गरायो भन्ने वाहियात भएको उनले बताए । दरबार हत्याकाण्ड भयानक षड्यन्त्र भएको भन्दै उनले भने, ‘त्यो षड्यन्त्रले तत्काल राजा, रानी, युवराज, राजकुमार, अधिराजकुमारी अन्त्य ग¥यो । राजतन्त्र समाप्त ग¥यो ।’

राजाको जेठो छोरा राजा हुने व्यवस्था भए पनि कान्छो छोराछोरी समेत मारिएकाले त्यही बेला राजतन्त्र समाप्त भएको उनले बताएका छन् । यद्यपि त्यसबेला सरकारको कमजोरीका कारण ज्ञानेन्द्र शाहलाई ल्याएर सजाएर राख्ने काम भएको ओलीले बताए । ‘ज्ञानेन्द्र शाह राजा होइन’ उनले अगाडि भने, ‘बाहुनले बाहुन भनेर टपरीमा चामलमाथि कुशको बाहुन राख्छ, त्यस्तै कुशको राजा हुन् ।’

यसैबीच एक फरक प्रसङ्गमा अध्यक्ष ओलीले कडा प्रावधान लागू गरेर मात्र एसिड (तेजाब) बिक्री वितरण गर्न दिनुपर्ने बताएका छन् । एसिड आक्रमणबाट पीडित किशोरी र महिलाहरूका पीडा र जीवन कथालाई समेटेर निर्माण हुने चलचित्र ‘नमेटिने घाउ’ को घोषणा कार्यक्रममा उनले एसिड सहजै प्राप्त हुने प्रक्रियालाई रोक्न आवश्यक रहेको बताएका हुन् ।

उनले परिभाषित रूपमा मात्रै एसिड प्राप्त गर्न सक्ने व्यवस्था गर्नुपर्नेमा जोड दिए । उनले के प्रयोजन, कुन मात्रामा किनेको हो ? कति मात्रा प्रयोग भयो, त्यसको बाँकी अंश छ भने त्यो फिर्ता गर्नेसम्मका प्रबन्ध कडाइ र व्यवस्थित गरेर मात्रै एसिड बिक्री वितरण गर्ने प्रावधान लागू गर्न आवश्यक रहेको बताए ।

‘के प्रयोजनका लागि कसरी भन्ने कुरा, कसले एसिड किनेको हो ? के प्रयोजनका लागि किनेको हो ? कुन मात्रामा किनेको हो ? त्यसपछि त्यति मात्रा प्रयोग भयो कि भएन ? के भयो ? त्यसको बाँकी अंश छ भने त्यो फिर्ता गर्नेसम्मका प्रबन्ध कडाइ र व्यवस्थित गरेर मात्रै एसिड बिक्री वितरण गर्ने वा एसिडको आवश्यकता पर्नेहरूलाई मात्र उपलब्ध गराउने त्यो खालको परिपाटी विकास गर्नपर्छ । जोसुकैले जहाँसुकै एसिड प्राप्त गर्न नसकोस्’, उनले भने ।

उनले यसबारेमा आफूले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर ध्यानाकर्षण गराउने प्रतिबद्धता जनाएका छन् । एसिडजन्य घटना हुन नदिनका लागि सरकारले समयमा नै आवश्यक कदम चाल्नुपर्ने उनको भनाइ छ । उनले एसिड आक्रमणकारीलाई मृत्युदण्ड नै दिनुपर्छ भन्ने पक्षमा भने आफू नरहेको बरु अरू कुनै कडा सजाय दिन सकिने स्पष्ट पारे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७