केपी ओली समकालीन राजनीतिका सर्वाधिक प्रतिभाशाली नेता : विद्या भण्डारी


१६ माघ २०८०, मंगलवार
kp 1 1 scaled

काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले समकालीन नेतामा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली सर्वाधिक प्रतिभाशाली भएको टिप्पणी गरेकी छिन् । राजनीतिका साथै कला, साहित्य, विज्ञान तथा धर्म र दर्शनमा गहन ज्ञान भएका ओली प्रेरणाको स्रोत भएको उनले बताएकी छन् ।

ओलीका सम्बोधन समेटेर प्रकाशित भएको पुस्तक ‘संसदमा केपी शर्मा ओली’ को मंगलवार काठमाडौंमा विमोचन गर्दै भण्डारीले समकालीन नेतामा ओली पृथक पहिचान भएको नेता भएको बताएकी हुन् ।

kp 2

‘केपी शर्मा ओली ज्यू समकालीन नेतामा पृथक पहिचान बनाउनु भएको नेता हुनुहुन्छ, सर्वाधिक प्रतिभाशाली नेताको रुपमा उच्च स्थान प्राप्त गर्न सफल एमालेको अध्यक्ष र प्रधामनन्त्री भइसकेको व्यक्ति हुनुहुन्छ,’ भण्डारीले भनिन्, ‘राजनीतिका साथै कला साहित्य, धर्म गहन ज्ञान भएको नेता हुनुहुन्छ । सघन अध्ययन र लामो संघर्षले खारिनु भएका नेता हामी सबैका प्रेरणा र ज्ञानको स्रोत हुनुहुन्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७