एमाले सांसद बसन्त नेम्वाङ बिरामी, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै


१७ माघ २०८०, बुधबार
Basanta Newang

काठमाडौं । नेकपा (एमाले) का नेता बसन्त नेम्वाङ अकस्मात बिरामी परेका छन् । नेम्वाङ पार्टी बैठकका लागि ताप्लेजुङ पुगेका थिए । उनी नेकपा (एमाले) को ताप्लेजुङ इञ्चार्ज हुन् ।

आज (बुधबार) बिहान साढे ११ बजेतिर उनी बिरामी परेर शरीरको एक भाग नचल्ने भएको थियो । एमाले ताप्लेजुङ जिल्ला कमिटी बैठकमा सहभागी हुन पुगेका नेम्वाङ बिरामी भएपछि जिल्ला अस्पताल लगिएको छ ।

उनलाई थप उपचारका लागि काठमाडौं ल्याउने तयारी छ । एमाले सचिव योगेश भट्टराईले नेम्वाङ बिरामी भएको र हेलिकप्टरबाट काठमाडौं ल्याउने तयारी भइरहेको जानकारी दिएका छन् । नेम्वाङ पाँचथरबाट प्रतिनिधि सभा सदस्य समेत छन् । नेम्वाङलाई थप उपचारका लागि काठमाडौं लैजान हेलिकप्टर मगाइएको स्वकीय सचिव गणेश योङहाङले बताए ।

सचिवालय बैठकमा खाना खानेक्रममा मोबाइल झरेर टिप्न लाग्दा उनलाई एक्कासी समस्या भएको थियो । उनले भने, ‘उहाँ जिल्ला कमिटी ताप्लेजुङको सचिवालय जानु भएको थियो । बिहान फिदिमबाट गएपछि प्रेसर बढेर जिल्ला अस्पताल ताप्लेजुङमा हुनुहुन्छ, हेलिकोप्टर लिन जाँदैछ । अवस्था ठीकै छ तर अस्पतालमा डाक्टरको निगरानीमा राख्न ठीक हुन्छ भनेर हेलि पठाइएको हो ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७