पश्चिमी वायुको प्रभाव : आज यी प्रदेशमा छ वर्षा र हिमपातको सम्भावना


२० माघ २०८०, शनिबार
Kuhiro dang

काठमाडौं । पश्चिमी वायुको प्रभाव रहँदा देशको पहाडी भू–भागमा अहिले आंशिक बदली छ । बाँकी भागको मौसम सामान्यतया सफा छ । मौसम पूर्वानमान महाशाखाका अनुसार आज (शनिबार) दिउँसो पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भागमा मौसम सफा रहनेछ ।

कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । राति सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने महाशाखाले जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७