२०८० माघ २१ गते आइतबारको तपाईको राशिफल

माघ कृष्ण नवमी पञ्चाङ्ग : वृद्धि गर विशाखा


२१ माघ २०८०, आईतवार
rasifal 1

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
अनावश्यक ठाउँमा धन खर्च हुनेछ । निर्णय कार्यान्वयन हुन सक्दैनन् । मनमा दुबिधा उत्पन्न हुनेछ । बुद्धिले काम नगर्न सक्छ, सचेत रहनु होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
विद्या र बुद्धिको विकास हुनेछ । मङ्गल कार्यको योग छ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भइएला । रोजगारको अवसर पनि मिल्ने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
व्यर्थको यात्रामा जान बाध्य भइएला । मन खिन्न हुने स्थिति आउनेछ । नजिक व्यक्तिबाट धोका पाइन सक्छ । पेट सम्बन्धी समस्या आउनसक्छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ । आयआर्जनका क्षेत्रमा सुधार आउने छ । बौद्धिकताको विकास हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज स्वास्थ्यमा समस्या आउँदा शरीर भारी र मन अस्थिर रहन सक्छ । मनमा चञ्चलता बढ्नेछ, तर साँझमा शुभ समाचार सुन्नमा आउला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
मानसिक चिन्ता बढे पनि कार्यक्षेत्रमा प्रगति हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । कला र गलाको प्रभाव बढ्ने छ । धन पनि हात लाग्न सक्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज लाभदायक यात्रा र वैदेशिक कार्य अघि बढ्ने छ । धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । उपकार गरेर अरुको मन जित्न सकिने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज शुभकार्यको चर्चा चल्नेछ । आफन्तसँग भेटघाट रहनेछ । सफल यात्रा र उपहार पाइने सम्भावना छ । मनमा शान्ति पनि पनि छाउला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
रोजगारको अवसर मिल्नेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । वित्तीय संस्थाबाट सहयोग पाइनेछ । अरुलाई प्रभावित पारेर काम बन्ने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मङ्गल कार्यको योग छ । चिताएको कामले तीव्रता लिनेछ । व्यापार, व्यवसायबाट फाइदा लिन सकिनेछ । महिला मित्रबाट विशेष सहयोग मिल्ने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
नयाँ काम वा रोजगार पाइन सक्छ । सामाजिक कार्यमा सफलता मिल्ने छ । जोश, जाँगर र हिम्मत पनि बढ्ला । मित्रताको बन्धन कसिने बेला छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज अचल सम्पत्ति हात पर्न सक्छ । धार्मिक कार्यमा रुचि बढ्नेछ । वित्तीय संस्थाबाट सहयोग पाइनेछ । शुभकार्यको चर्चा चल्ने छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।
– ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७