क्यान्सरपीडित लक्ष्मण तामाङ भन्छन्–सहयोग गरे मलाई बचाई दिनुहोस्


२१ माघ २०८०, आईतवार

काठमाडौं । आठ महिनादेखि घाँटीको क्यान्सरसँग जुधिरहेका संखुवासभा सभापोखरी–६ का लक्ष्मण तामाङले उपचारका लागि आर्थिक सहयोगको याचना गरेका छन् ।

क्यान्सरको तेस्रो स्टेजसँग संघर्ष गरिरहेका तामाङले आफ्नो उपचारकै कारण भएसम्मका कायजेथा सकिएको र अहिले उपचारका लागि खर्च अभाव भएकाले सहयोगको याचना गर्नु परेको बताएका छन् । उनले सानो–सानो सहयोग गरेर भए पनि आफूलाई बचाई दिन सबैलाई आग्रह गरेका छन् । उनले अझै पनि पहिलाकै जस्तो स्वस्थ बन्ने हिम्मत जुटाइरहेको बताउँदै भने, ‘सक्नेले आर्थिक सहयोग गरिदिनुहोस् नसक्नेले स्वास्थ्य लाभको कामना गरिदिनुहोस ।’

उनले आफू बाँचेर देश र समाजका लागि केहि राम्रो काम गर्ने चाहना रहेको बताएका छन् । अहिले तामाङको उपचारमा सहयोग पुर्‍याउनका लागि आर्थिक संकलन अभियान समेत चलाइएको छ । को परिवारलाई चिकित्सा खर्च अभाव भएकोले यो बोझ कम गराउन आर्थिक सहायता सङ्कलन अभियान सुरु गरिएको छ । सहयोगका लागि स्वयम लक्ष्मण तामाङ ( ९८६३२६७०४९, ९७६५९६३३४४), विकास–९८४३५२४७६९, निश्चिल–९८६२०६६६३५ मा सम्पर्क गर्न सकिने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७