हिजोको रातो क्रान्तिमा रगत बग्यो, हामी नीलो क्रान्तिमा पसिना बगाउँछौं : रवि लामिछाने


२१ माघ २०८०, आईतवार
rabi lamichhane

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नयाँ युगको सुरुवात गर्न आफूहरुले एउटा छुट्टै र पृथक आन्दोलन गर्न लागेको बताएका छन् । आज (आइतबार) सिन्धुपाल्चोकको मेलम्चीबाट सुरु भएको दबाब यात्रालाई सम्बोधन गर्दै सभापति लामिछानेले नयाँ युगको सुरुवात गर्न आफूहरुले एउटा छुट्टै र पृथक आन्दोलन गर्न लागेको जानकारी गराएका हुन् ।

‘यो देशमा धेरै क्रान्तिहरु भए । ती क्रान्तिलाई अवमूल्यन गर्ने हाम्रो अभिप्राय होइन् । त्यो हैसियत हाम्रो छैन् । हिजोको रातो क्रान्तिमा रगत बग्यो, अब हामीले गर्ने नीलो क्रान्तिमा पसिना बगाउन चाहन्छौं । पसिनाले यो माटोलाई सिञ्चने बेला आएको छ’, उनले भने । लामिछानेले जनताबाट शक्ति र मत लिएर सत्तामा जाने र जनतालाई दुःख दिने राजनीतिको अन्य हुनुपर्ने र त्यो अन्त्यका लागि रास्वपाले अभियान थालेको बताएका छन् ।

उनले रास्वपाले थालेको दवाव यात्रामा पार्टीको नारा, लागो र राजनीतिक भाषा प्रयाग नगरिने पनि उद्घोष गरेका छन् । त्यस्तै लामिछानेले आफूहरूले दबाब यात्राको लागि छानेको आयोजनामा राजनीतिक र कूटनीतिक रंग पोत्न खोजेको बताएका छन् । रास्वपाको दबाब यात्रामा सांसदसहित २१ जनाले अगुवाइ गर्नेछन् । अभियानअन्तर्गत पहिलो चरणमा प्रत्येक प्रदेशबाट तीन–तीनवटा योजना छनोट गरी २१ योजना निर्माणका लागि दबाब दिइने रास्वपाले जनाएको छ । रुग्ण र अलपत्र पारिएका विकास योजनाको कामप्रति सरकारको ध्यानाकर्षण गराउनका लागि रास्वपाले दबाब अभियान सुरु गर्न लागिएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७