विश्वकप फुटवल–२०२६ को फाइनल खेल अमेरिकामा, जुन १९ मा खेलिने


२२ माघ २०८०, सोमबार
world cup 2026

काठमाडौं । विश्वकप फुटवलको फाइनल खेल अमेरिकामा हुने भएको छ । फिफाले गए राति गरेको घोषणा अनुसार सन् २०२६ को विश्वकप फुटवलको फाइनल खेल अमेरिकामा हुने भएको हो ।

फिफाका अनुसार न्युयोर्कस्थित न्यु जर्सीको मेटलाइफ स्टेडियममा सो फाइनल खेल हुनेछ । जस अनुसार सो खेल जुलाई १९ मा आयोजना हुनेछ । संयुक्त राज्य अमेरिकाले आफ्नो देशमा पहिलो खेल भने जुन १२ मा नै गर्नेछ, जुन खेल लस एन्जलसको सोफाई स्टेडियममा हुनेछ । तर, यसमा उदघाटनका कुनै कार्यक्रम भने हुन्न ।

सन २०२६ को विश्वकपको आयोजना अमेरिकासहित तीन देशले गर्दैछन् । जसअनुसार क्यानडा र मेक्सिको थप आयोजकको रुपमा रहेका छन् । विश्वकपको उदघाटन खेल भने मेक्सिकोमा हुने फिफाले जनाएको छ । मेक्सिको सिटीको एज्टेका स्टेडियममा जुन ११ मा उद्घाटन खेल खेल हुनेछ । अमेरिकाले सन् १९९४ मा पहिलो पटक विश्वकप फुटबलको आयोजना गरेको थियो भने सन् २०२६ मा दोस्रो पटक गर्न लागेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७