नेसनल लाइफ इन्स्योरेन्सले कमायो २५ करोड ५१ लाख नाफा


२३ माघ २०८०, मंगलवार
national life ins.png

काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनीक गरेको छ । कम्पनीले उक्त छ महिनामा २५ करोड ५१ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको यसै अवधिको तुलनामा १६.९१ प्रतिशतले वृद्धि भएको हो ।

कम्पनीले अघिल्लो वर्ष २१ करोड ८२ लाख रुपैयाँ नाफा कमाएको थियो । लगानी तथा कर्जाबाट हुने आम्दानी बढ्दा नाफामा सुधार आएको हो । कम्पनीले लगानी तथा कर्जाबाट २ अर्ब ६९ करोड रुपैयाँ आम्दानी गरेको छ । यो गत वर्षको भन्दा १४.२२ प्रतिशतले धेरै हो । गत वर्ष यसले २ अर्ब ३५ करोड रुपैयाँ आम्दानी गरेको थियो । यसको कुल दावी भुक्तानी ३ अर्ब ७२ करोड ४८ लाख रुपैयाँ रहेको छ । गत वर्ष ३ अर्ब ७६ करोड थियो । हाल यस इन्स्योरेन्सको चुक्ता पुँजी ५ अर्ब १ करोड १६ लाख ६६ हजार रुपैयाँ रहेको छ । यसको रिटेन अर्निङमा ६० करोड १८ लाख छ ।

यसको जीवन बिमा कोषमा ७१ अर्ब ४४ करोड रुपैयाँ रहेको छ । पुससम्म यसले ८ अर्ब ३९ करोड रुपैयाँ बराबरको खुद बिमा शुल्क कमाएको हो । यो गत वर्षको भन्दा ११.४५ प्रतिशतले धेरै हो । गत वर्ष यसले ७ अर्ब ५३ करोड रुपैयाँ बराबरको बिमा शुल्क आर्जन गरेको थियो । कम्पनीको प्रतिशेयर आम्दानी १०.१८ रुपैयाँ र प्रति शेयर नेटवर्थ १३२.२१ रुपैयाँ रहेको छ । कम्पनीको पिई रेसियो ५९.२२ र प्रतिशेयर कूल सम्पत्तिको मूल्य १६१०.१५ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७