२०८० माघ २४ गते बुधबारको तपाईको राशिफल

माघ कृष्ण द्वादशी पञ्चाङ्ग : वज्र तैतल पूर्वाषाढा


२४ माघ २०८०, बुधबार
rasifal 1

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । भाग्यले विभिन्न अवसर जुराउनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । विशेष यात्रा पनि हुनसक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज बोलीको भरमा कार्य सम्पादन हुनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । शैक्षिक क्षेत्रमा सफलता पनि मिल्ने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । वस्त्र लाभ पनि हुनसक्छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आजको दिन भाग्यशाली भएर देखा पर्नेछ । वैदेशिक क्षेत्रका अधुरा कार्यबाट सफलता मिल्ने छ । आफ्नो शेयर बजारको क्षेत्रमा सफलता मिल्ने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज छोटो दूरीको लाभदायक यात्रा हुनेछ । राज्यबाट मान सम्मान मिल्ने छ । धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । वाहन सुख पनि मिल्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
शुभकार्यको चर्चा चल्ने छ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । प्रेमको बन्धन कसिने बेला छ । मुद्दा मामिलामा सफलता मिल्ने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
लाभ–हानी, आय–व्यय, सुख–दुःख बराबरी मध्यम खालको दिन छ, साथै प्रणय सम्बन्ध र रतिराग बढाउने समय छ । लाभदायक यात्रा पनि हुनसक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज कुनै कुराले मनमा शान्ति छाउनेछ । आँटेको र ताकेको कार्य पुरा हुनेछ । धर्म र सांस्कृतिक सभा समारोहमा सरिक हुने अवसर मिल्ने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । अरुको लागि दौडधुप गर्नु पर्नेछ । चोटपटक पनि लाग्न सक्छ, तर आफन्तले सहयोग गर्नेछन् ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज शुभकार्यमा सहभागिता जनाइने छ । महिला वर्गबाट विशेष सहयोग मिल्ने छ । पुँजी बजारमा सफलता मिल्ने र आर्थिक क्षेत्र राम्रै होला ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला । समय प्रतिकूल भई कुलतमा मन जानेछ । झैझमेलाको अवस्था पनि आउला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । विद्या र बुद्धिको विकास हुनेछ । सजिलै अरुको विश्वास जित्न सकिने छ । आकस्मिक धन लाभ हुनेछ । राशिफल जे जस्तो भए पनि तपाईंको दिन मङ्गलमय रहोस् ।
– ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७